aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

विमान चालकले ककपिटमा साथीलाई प्रवेश दिएपछि विमान कम्पनीलाई जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० बैशाख २०८०
himalayanlife
विमान चालकले ककपिटमा साथीलाई प्रवेश दिएपछि विमान कम्पनीलाई जरिवाना
DHI
NIBL

नयाँ दिल्ली । भारतको उड्डयन नियामक निकायले शुक्रबार ‘एयर इन्डिया’लाई ३६ हजार ४९६ अमेरिकी डलर जरिवाना गरेको छ ।भारतीय निजी एयरलाइन्स ‘एअर इन्डिया’ का विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पाइएको हो । भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो ।

डीजीसीएले पाइलटको लाइसेन्स पनि तीन महिनाका लागि निलम्बन गरेको छ । उजुरीका आधारमा डीजीसीएले गत महिना निजी एयरलाइन्सलाई कारण देखाउ आदेह जारी गरेको थियो । अनुसन्धानको क्रममा डीजीसीएले पाइलटलाई सुरक्षा मापदण्ड उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको थियो र सबै सह–चालकलाई उल्लङ्घन रोक्न दृढ बन्न निर्देशन पनि दिएको थियो । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस