aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ बैशाख २०८०
himalayanlife
हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?
DHI
NIBL

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स (साविकको प्राइम लाइफ इन्स्योरेन्स) ले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्रधिकरणबाट बैंशाख २४ गतेको परिपत्रबाट स्वीकृत गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ९० रुपैयाँसम्म बोनसदर पाउनेछन् । नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमालेख योजनामा प्रतिहजार न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, सावधिक तथा आजिवन बीमालेखमा योजना प्रतिहजार न्युनतम ३६ रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार अग्रिम भुक्तानी सावधिक जीवन बीमा अन्तर्गतको योजनामा प्रतिहजार न्युनतम ६० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै कम्पनीले जीवन उपहार (अग्रिम भुक्तानी) योजनामा न्युनतम प्रतिहजार ५२ रुपैयाँ बोनसदर कायम गरेको छ भने जीवन बीमा उपहार (सावधिक) योजनामा प्रतिहजार ४० रुपैयाँ बोनसदर कायम गरेको छ । 

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुक्ता मल्य दावी भुक्तानी तथा चालु बीमालेखमा कायम हुने कम्पनीले जनाएको छ । 

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस