
काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई एक घण्टाभित्र अदालतमा हाजिर गराउन त्यहाँको सर्वोच्च अदालतले आदेश दिएको छ । तीन दिनअघि राष्ट्रिय जाँचबुँझ ब्युरोले पक्राउ गरेका खानलाई अदालत परिसरबाटै किन पक्राउ गरियो भन्ने प्रश्न समेत न्यायाधीशहरुले सोधेका छन् ।
पाकिस्तानका प्रधानन्याधीश कुमार अता बन्दिल र न्यायाधीशहरु मोहम्हत अलि मजहार र अक्तर मिनाल्लाको संयुक्त इजलासले त्यस्तो आदेश दिएको हो ।
खानलाई पक्राउ गरेपछि भड्किएको दंगा र प्रदर्शनमा ८ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं घाइते भएको स्थानीय सञ्चार माध्ययमहरुले जनाएका छन् । खान पधानमन्त्री रहेका बेला परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका पाकिस्तान तरिक इस्लामका नेता खालित खुरेसीलाई पनि नजरबन्दमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस