
भैरहवा । लुम्बिनीमा ३ दिवसीय अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट हुने लागेको छ । बैशाख २८ गते देखि ३० गतेसम्म लुम्बिनीको होटल पवनमा उक्त कार्यक्रमको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डको आयोजना र नाट्टाको संयोजनबाट लुम्बिनीमा कार्यक्रम हुँदैछ । कार्यक्रमका लागि २ करोड बजे छुट्याइएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलियाले बुद्धिष्ट धेरै भएका देशबाट लुम्बिनीमा पर्यटक ल्याइ प्रचार प्रसारका लागि कार्यक्रम आयोजना गरिएको बताउँदै एसियाकै बुद्धिष्टहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने बताए ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टसका अध्यक्ष रमेश थापाले बुद्धिष्टहरुले जीवनमा एक पटक लुम्बिनी भ्रमण नगरे सम्म शान्ति नहुने विश्वास रहेको बताउँदै बुद्ध धर्म मान्नेहरुको प्रमुख गन्तव्य लुम्बिनी रहेको बताए ।
नेपाल पर्यटन बोर्डको आयोजना र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टको समन्वयमा हुन लागेको कार्यक्रममा २ करोड खर्च हुने आयोजकले जनाएका छन् । पहिलो दिन उद्घाटन सत्र दोस्रो दिन कार्यपत्र प्रस्तुत र तेस्रो दिन समापन कार्यक्रम राखेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । स्थानीय पर्यटन व्यवसायीले भने यस्तो कार्य नगर्न आग्रह गर्दै आपत्ति जनाएका छन् ।
सन् २०१९ मा गरेका कार्यक्रमको भूक्तानी समेत नगरेको र अहिले २ करोड खर्च गरेर स्थानीय पर्यटन व्यवसायीलाई बायस गरेर कार्यक्रम गर्न लागेको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ । बजेट सक्याउने तरखरमा रहेको नेपाल पर्यटन बोर्डले हतार हतार गरी कार्यक्रम आयोजना गरेको छ । उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्लीबहादुर चौधरीले कार्यक्रमलाई सम्बोधन गर्ने तयारी छ । रुपन्देहीका पर्यटन व्यवसायी र पर्यटन व्यवसायीले आपत्ति जनाउँदा जनाउँदै गर्न लागेको कार्यक्रम प्रभावकारी नहुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस