कर्मचारी सञ्चय कोषको कुल आम्दानी साढे २९अर्ब - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

कर्मचारी सञ्चय कोषको कुल आम्दानी साढे २९अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
Sunrise bank
कर्मचारी सञ्चय कोषको कुल आम्दानी साढे २९अर्ब
LBEF

काठमाडौैं । कर्मचारी सञ्चय कोषले करिव ६ लाख सञ्चयकर्ताको ३४५ अर्ब रुपैयाँभन्दा बढी वित्तीय स्रोतको व्यवस्थापन गर्दै आएको छ । गत आवमा  कोषले ऋण तथा लगानीबाट कुल २९ अर्ब ५३ करोड आम्दानी गरेको छ । त्यसमध्ये  सञ्चयकर्तालाई प्रदान गरिएको व्याज तथा कोषको सञ्चालन खर्च कटाउँदा ३ अर्ब ७५ करोड खुद मुनाफा हुने कोषको ५८औं वार्षिकोसवको अवसरमा प्रशासक तुल्सीप्रसाद गौतमले जानकारी दिएका छन् । 
 गौतमका अनुसार असार मसान्तसम्ममा (लेखापरीक्षण सम्पन्न हुन बाँकी) कोषको कल वित्तीय स्रोत ३ सर्ब ४५ अर्ब ६९ करोड पुगेको छ । यो रकम अघिल्लो आर्थिक बर्षको भन्दा ११ प्रतिशतले बढी हो । 
त्यस्तै कुल स्रोतमध्ये रु.३ खर्ब ३८ अर्ब ६ करोड अर्थात ९८ प्रतिशत रकम विभिन्न क्षेत्रमा प्रवाह गरिएको छ । जसमध्ये सञ्चयकर्ता सापटीमा ५३ प्रतिशत,

परियोजना कर्जामा १६ प्रतिशत, बैंकहरुको मुद्दती निक्षेपमा २३ प्रतिशत र अन्य क्षेत्रमा ८ प्रतिशत रहेको छ। कोषले हालसम्म केवाईसीमार्फत २ लाख ५० हजारभन्दा बढी सञ्चयकर्ताको विवरण अध्यावधिक गरिसकेको गौतमले जानकारी दिए  । त्यस्तै गतवर्ष निजामती किताबखाना, महालेखा नियन्त्रकको कार्यालय र नेपाल दूर सज्धार कम्पनी लिमिटेडसँग भएका समझदारी सम्झौता कार्यान्यन भई रहेका छन् । नेपाल क्लियरिङ हाउससँग सहकार्य गरी कोषबाट प्रवाह हुने सापटी र भुक्तानीलाई चेक रहित तुल्याइएको छ । हाल परीक्षणको रुपमा लागू गरिएको यस कार्यक्रमलाई चालू आर्थिक वर्षभित्र कोषका सबै कारोबारमा कार्यान्वयनमा ल्याइने भएको छ ।

त्यस्तै सञ्चयकर्तासँगको सबै प्रकारका कारोबारको जानकारी एसएमएसमार्फत प्रदान गर्न प्रारम्भ गरिएको छ । नयाँ नियुक्त हुने कर्मचारीलाई राष्ट्रिय किताब खानाबाटे कोषको परिचयपत्र नम्बर प्रदान गर्ने प्रणालीको विकास भएको छ । गत वर्ष चार वटा कम्पनीको शेयरमा लगानी गरिएसँगै कोषबाट शेयर लगानी भएका कम्पनीको संख्या २० पुगेको छ।

करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको सरकारी ऋणपत्रलाई दोस्रो बजारमार्फत बिक्री गरी सो रकमलाई लामो अवधिको मुद्दती निक्षेपमा लगानी गरिएको छ । यस निर्णयबाट कोषको प्रतिफलमा बार्षिक करिब ७५ करोड रुपैया बद्धि भएको छ । लगानीबाट प्राप्त कूल प्रतिफलमध्ये ९५ प्रतिशत भन्दाबढी रकम व्याज, मुनाफा र सामाजिक सुरक्षा सुविधाको रूपमा सञ्चयकर्तालाई नै प्रदान गर्ने गरिएको छ । आर्थिक वर्ष २०७४/७५ मा भएको ३ अर्ब ९४ करोड खुद मुनाफामध्ये २ अर्ब ७६ करोड सञ्चयकर्तालाई मुनाफाको रुपमा वितरण गरिएको छ।

त्यस्तो मुनाफामध्ये आधा रकम सञ्चयकर्ताको सञ्चयकोष खातामा जम्मा गरिएको छ भने बाँकी रकम वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीमा सञ्चयकर्ताको नाममा शेयर लगानी गर्ने प्रयोजनका लागि कोषमा जम्मा गरिएको छ। कोषले मुनाफाबाट दायित्व व्यहोर्ने गरी विभिन्न चारवटा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती कार्यक्रममार्फत आर्थिक वर्ष २०७५÷७६ मा २१ हजार सञ्चयकर्तालाई १९ करोड ९७ लाखसामाजिक सुरक्षा सुविधा वितरण गरिएको छ।
 

प्रतिक्रिया दिनुहोस