aarthiknews.com मंगलबार, १६ असोज २०८०   Tuesday, 03 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

युनियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ बैशाख २०८०
himalayanlife
ADBL
युनियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक
DHI
NIBL

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्रधिकरणबाट बैंशाख १७ गतेको परिपत्रबाट स्वीकृत गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार १९ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७४ रुपैयाँसम्म बोनसदर पाउनेछन् । नयाँ बोनसदर अनुसार सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्युनतम ३० रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, सिमित भुक्तानी सावधिक जीवन बीमा योजना (एकल) मा प्रतिहजार न्युनतम २७ रुपैयाँदेखि ३२ रुपैयाँसम्मको बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार सिमित भुक्तानी सावधिक जीवन बीमा अन्तर्गतको योजनामा प्रतिहजार न्युनतम ३० रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै कम्पनीले सावधिक तथा आजिवन जीवनबीमा योजनामा न्युनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम ७४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ भने सिमित भुक्तानी सावधिक आजीवन जीवन बीमा योजनामा प्रतिहजार ५० रुपैयाँ बोनसदर कायम गरेको छ । 

कम्पनीका अनुसार वाष्र्कि अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा न्युनतम प्रतिहजार १९ रुपैयाँदेखि २७ रुपैयाँसम्म, अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा न्युनतम २४ हजार रुपैयाँदेखि ४१ रुपैयाँसम्म, जीवन बीमा आधार जीवन बीमा योजनामा प्रतिहजार ५० रुपैयाँ कायम गरेको छ । 

त्यसैगरी, जीवन सम्पन्न बीमा योजनामा प्रतिहजार ५० रुपैयाँ, जीवन उत्थान बीमा योजनामा प्रतिहजार ४० रुपैयाँ, जीवन आवरण जीवन बीमा योजनामा प्रतिहजार ४० रुपैयाँ बोेनसदर कायम गरेकोे कम्पनीले जनाएको छ । 

साथै, उक्त बोनसरदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस