aarthiknews.com आइतबार, १४ असोज २०८०   Sunday, 01 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

जलविद्युत समूहका शेयर संरचनाको अध्ययन गर्न समिति गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ बैशाख २०८०
himalayanlife
जलविद्युत समूहका शेयर संरचनाको अध्ययन गर्न समिति गठन
DHI
NIBL

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत समूहको सूचीकृत कमपनीहरूको शेयर संरचनाका विषयमा अध्ययन गर्न समेत समिति गठन गरेको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ ले तोकेको अवधि पुरा गरिसकेका जलविद्युत समूहका सूचीकृत कम्पनीहरूको विद्यमान अवस्था र त्यसको प्रभावका विषयमा अध्ययन गर्न बोर्डले समिति गठन गरेको जानकारी दिएको हो ।

बोर्डका संचालक कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सह–सचिव फणीन्द्र गौतमको संयोजकत्वमा बोर्डले समिति गठन गरेको हो । उक्त समितिका अन्य सदस्यहरूमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्ले, बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्मा रहेका छन् । यस समितिले जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरूको शेयर संरचनाको विद्यामान अवस्था र सो को प्रभावका सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गर्ने बोर्डका अध्यक्ष रमेश कुमार हमालको भनाई छ । 

समितिलाई अध्ययन प्रतिवेदन तयार गर्नका लागि बोर्डले तीन महिनाको समयसीमा तय गरेको छ । समितिले बोर्डको सञ्चालक समितिसमक्ष पेश गरेको अध्ययन प्रतिवेदनका आधारमा जलविद्युत समूहका सूचीकृत कम्पनीहरूको नियमनका सम्बन्धमा थप नीतिगत व्यवस्था गर्ने जानकारी समेत अध्यक्ष हमालले दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस