aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

विराटनगरमा अवैध पसल खोलेर अस्वस्थ मासु बेच्नेको भागाभाग, दर्जनौं पसलमा अनुगमन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ बैशाख २०८०
himalayanlife
विराटनगरमा अवैध पसल खोलेर अस्वस्थ मासु बेच्नेको भागाभाग, दर्जनौं पसलमा अनुगमन
DHI
NIBL

विराटनगर । विराटनगरका कतिपय मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा तोकिएको मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको पाइएको हो । 

आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे नेतृत्वको टोली मंगलबार विराटनगर ८, ९ र १० वडा नम्बरमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गरेको थियो । सो क्रममा कतिपय पसलले वध गर्ने र बिक्री कक्षसँगै रहेको पाइएको छ । 

त्यसैगरी राम्ररी सिसा नलगाउँदा झिंगा भन्किएको भेटिएको थियो । उपभोक्ताले सफा, स्वच्छ मासु उपभोग गर्ने अधिकार भएको वडा नम्बर १९ का अध्यक्षसमेत रहेका समितिका संयोजक घिमिरेको बताए । उनले महानगरले सञ्चालन गरेका विभिन्न अभियानअन्तर्गत माछामासु पसलको अनुगमनलाई तीव्रता दिएको उल्लेख गरे । 

अनुगमन टोली पुगेपछि कतिपय मासु पसल सञ्चालक बन्द गरेर हिंडेका थिए । अनुगमनका क्रममा मासुको गुणस्तर, पसलको व्यवस्थापन, दर्ता, नविकरणलगायतका काजजातसमेत हेरिएको महानगरको पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए । अनुगमनमा संयोजक घिमिरे, शाखा प्रमुख यादव, डा. सराहना सुवेदी, गणेशप्रसाद पौडेल, नगर प्रहरीका सई तीर्थ खत्रीलगायतको सहभागिता रहेको थियो । 

अनुगमन टोलीले दर्ता र नविकरण नगरेका पसललाई १५ दिनभित्र दर्ता र नविकरण गर्न अल्टिमेटमसहितको पत्र दिएको थियो ।  

प्रतिक्रिया दिनुहोस