सनराइज फष्टको १० करोड कित्ता इकाइ विक्रिमा - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

सनराइज फष्टको १० करोड कित्ता इकाइ विक्रिमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
Sunrise bank
सनराइज फष्टको १० करोड कित्ता इकाइ विक्रिमा
LBEF
NCH-IPS

काठमाडौं । सनराइज म्युचुअल फण्डद्वारा सञ्चालित सनराइज फष्ट म्युचुअल फण्डको इकाइ असोज ८ गतेदेखि विक्रीमा आउने भएको छ । योजनाले रू. १० अंकित दरको १० करोड कित्ता इकाइ विक्रीमा ल्याउने भएको छ । 

जसमध्ये १ करोड ५० लाख कित्ता कोष प्रबर्द्धक सनराइज बैंकलाइ सुरक्षित राखी बाँकी रहेको ८ करोड ५० लाख कित्ता इकाइ सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याउन लागेको हो ।

योजनाको इकाइमा छिटोमा असोज १२ गते र ढिलोमा कार्तिक २० गतेसम्म आवेदन दिन सकिन्छ । आवेदकले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड कित्तासम्म आवेदन दिन सक्नेछन् । 

आवेदकहरुले  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । इकाइ निष्कासन तथा विक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });