aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सन नेपाल लाइफद्वारा ९ महिनामा करिब ३ अर्ब बीमाशुल्क आर्जन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ बैशाख २०८०
himalayanlife
सन नेपाल लाइफद्वारा ९ महिनामा करिब ३ अर्ब बीमाशुल्क आर्जन
DHI
NIBL

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनासम्म रू. २ अर्ब ८९ करोड ७२ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन करिब ३९ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ अर्ब ८ करोड ५७ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यस वर्ष कम्पनीको कुल दाबी भुक्तानी रकम १५० दशमलव ५९ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ३३ करोड १० लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ८२ करोड ९६ लाखभन्दा बढी गरेको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा भने उल्लेख्य बृद्धि भएको छ । गत वर्ष रू. १४ करोड ३६ लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ४४ करोड ४५ लाख खुद नाफा गरेको हो । कम्पनीको आम्दानी गत वर्षभन्दा २२७ दशमलव ३५ प्रतिशत बढी भएकाले खुद नाफामा समेत सकारात्मक प्रभाव परेको हो ।

गत वर्ष रू. १९ करोड १ लाख कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ६२ करोड २३ लाख कुल आम्दानी गरेको हो । खर्च रकममा समेत यस वर्ष उल्लेख्य बृद्धि भएको छ । गत वर्ष रू. ४ करोड ६५ लाख खर्च भएकोमा यस वर्ष रू. १७ करोड ७८ लाख खर्च भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २४ करोड रहेको छ । जगेडा कोष रकम रू. ८१ करोड ९२ लाख रहेको कम्पनीको जीवन बीमा कोषमा रू. ४ अर्ब ६१ करोडभन्दा बढी रकम कायम छ ।

यस कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियम वापत रू. १५० दशमलव ५० थप गरी प्रतिकित्ता रू. २५० दशमलव ५० मूल्यमा ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न गत फागुन १७ गते बोर्डमा निवेदन दर्ता गराएको छ ।
 

प्रतिक्रिया दिनुहोस