aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नक्कली शरणार्थी प्रकरणमा प्रहरी कार्यालय पुगे पूर्वगृहमन्त्री बालकृष्ण खाँण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ बैशाख २०८०
himalayanlife
नक्कली शरणार्थी प्रकरणमा प्रहरी कार्यालय पुगे पूर्वगृहमन्त्री बालकृष्ण खाँण
DHI
NIBL

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने प्रलोभनमा मोटो रकम असुली धन्दामा सक्रिय गिरोहको सूचीमा नाम मुछिएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँड प्रहरी कार्यालय पुगेका छन् । प्रहरी श्रोतका अनुसार खाँड हिजो दिउँसो काठमाडौं प्रहरी परिसरमा पुगेका थिए । 

त्यहाँ उनलाई बयान लिएर प्रहरीले छोडेको बताइएको छ । उनलाई प्रारम्भिकरूपमा सोधपुछ गरेर ‘बयान कागज’ गराई छाडिएको प्रहरी श्रोतको दाबी छ । 

चैत १३ गते सानु भण्डारी भन्ने अभियुक्तले बस्याल थरका अनुसन्धान अधिकृतसँगको बयानमा बालकृष्ण खाण र पत्नी मञ्जु खाणको समेत नाम आएपछि बयान नै ‘होल्ड’ गरिएको थियो । 

अभियुक्तले बालकृष्ण खाणलाई ४ करोड ७५ लाख रूपैयाँ दिएको बताएका थिए । बयानको अडिओ रेकर्ड गरिएको थियो र सो रेकर्ड प्रहरी महानिरीक्षक र महान्यायाधिक्तासम्म पुगेको थियो । त्यसपछि एक साता बयान होल्ड गरेर पुनः बयान लिइएको प्रहरीमाथि आरोप लागेको छ ।

नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्को हाइ प्रोफाइल व्यक्ति तानिन थालेपछि राजनीतिक दबाबमा परी अनुसन्धान कार्य प्रभावित भएको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस