aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

आजदेखि कक्षा १२ को वार्षिक परिक्षा शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ बैशाख २०८०
himalayanlife
आजदेखि कक्षा १२ को वार्षिक परिक्षा शुरु
DHI
NIBL

काठमाडौं । आजदेखि कक्षा १२ को वार्षिक परिक्षा शुरु भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डका अनुसार आज बिहान ८ बजेदेखि शुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म संचालन हुने छ ।

देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षामा सहभागी भएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र तोकिएका छन । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन् भने कम नम्बर आएको विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै सबै विषयको परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड (एनजी) ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस