aarthiknews.com शनिबार, २४ जेठ २०७७   Saturday, 06 June, 2020
 
Tansen_cement
hulas Remite

शेयर बजार घटिरहेका बेला बोर्डद्धारा नेप्से र सिडिएससीलाई निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
Sunrise
शेयर बजार घटिरहेका बेला बोर्डद्धारा नेप्से र सिडिएससीलाई निर्देशन
LBEF

भदौ ३०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले धितोपत्र बोर्डले दिएका निर्देशन कार्यान्वयनको विषयमा जवाफ मागेको छ ।  बोर्डले नेप्से र सिडिएसलाई आर्थिक वर्ष २०७४/७५ मा नै दिएको स्रोत व्यवस्थापन सुझाब समितिले दिएको निर्देशनमध्ये १३ वटा निर्देशन कार्यान्वन नभएको विषयमा  बारेमा जवाफ माग गरेको हो । दुवै संस्थालाई सातदिनभित्र जवाफ उपलब्ध गराउने बोर्डले अनुरोध गरेको छ । बोर्डका अनुसार नेप्सेले ८ वटा निर्देशन र सिडिएसले ५ वटा निर्देशन कार्यान्वयन नगरेको हो ।  

 संघिय संरचना अनुसार प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय काठमाडौं वाहेकका स्थानिय स्तरमा तोकिएको मापदण्ड पुरा गर्ने वाणिज्य बैंकलाई सहायक कम्पनीमार्फत शेयर खरिद विक्री गर्न पाउने गरी ब्रोकर लाईसेन्स दिने दिने प्रकृया कार्यान्वयनमा अवस्थाका वारेमा बोर्डले जवाफ मागेको जनाएको छ । 

धितोपत्र बजारका लगानीकर्ताहरुको हित संरक्षण कोष स्थापनाका लागि विद्यमान कानुनी व्यवस्थामा सुधार गर्ने सम्बन्धमा भएको प्रगतिको बारेमा पनि बोर्डले जवाफ मागेको  छ । बजारमा सेक्युरिटिज डिलरलाई प्रवेह गराउन कर्मचारी संचय कोष, नागरिक लगानीकोष, सामाजीक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीका सम्बन्धमा अध्ययन गरी बोर्डमा सिफारिस गर्ने सम्बन्धमा बोर्डले जवाफ मागेको छ । 

ओभार दी काउन्टर (ओटीसी) बजारलाई प्रविधिमैत्री बनाई संचालन गर्ने , स्वचालित कारोबार प्रणालीलाई बैंक र सिडिएसएलको प्रणालीमा पूर्ण रुपमा संचालन गर्ने र त्यसमा देखिएको समस्याको सम्बन्धमा बोर्डले गरेको अध्ययन प्रतिवेदनको आधारमा समाधान गर्नुपर्ने विषयमा पनि बोर्डले नेप्सेसँग जवाफ मागेको हो ।

सिष्टम अडिटमा समावेश गर्न उपयुक्त हुने मापदण्डहरु सम्बन्धमा, भौतिक रुपमा न्यूनतम कित्ता ग्रहण गरेका लगानीकर्ताहरुको शेयर कारोबार गरी अभौतिक गर्ने सम्बन्धमा र धितोपत्र दलाल व्यवसायीहरुको लागि सुपरिवेक्षण सम्बन्धी कार्यविधिलाई अन्तिम रुप दिई कार्यान्यन गर्ने सम्बन्धमा भएको प्रगतिको विवरण बोर्डले नेप्सेसँग मागेको हो । उता, धितोपत्र राफसाफका लागि सक्रिय सिडिएसलाई पनि विभिन्न पाँच वटा निर्देशन कार्यान्वयनको सम्बन्धमा बोर्डले जवाफ मागेको हो ।

शेयर बजारमा हुने कारोबारलाई थप प्रभावकारी बनाउन सेटलमेण्ट बैंक, सिडिएसएल डिम्याट को सेवा दिने मर्चेण्ट बैंकरहरुसँग नेप्सेको स्वचालित कारोबार प्रणाली पूर्ण रुपमा सञ्चालन गरी हाल रहेको टि प्लस थ्री राफसाफ चक्रलाई टि प्लस वानमा ल्याउने सम्बन्धमा बोर्डको निर्देशन कार्यान्वयन भएको विषयमा जवाफ खोजेको छ । 

त्यस्तै धितोपत्र कारोबारको भुक्तानी सुनिश्चितताको लागि आवश्यक राफसाफ कोषलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सम्बन्धमा, सिष्टम अडिटमा समावेश गर्न उपयुक्र मापदण्डहरु सम्बन्धमा, भारित औषत विधिबाट पूँजीगत लाभकर गणनाका लागि लगानीकर्ताहरु ब्रोकर अफिसमै गई धितोपत्रको खरिद मूल्य प्रमाणित गर्नुपर्ने व्यवस्थालाई थप सहज बनाउन दिईएको र सुपरिवेक्षण म्यानुअल तयार गर्ने सम्बन्धमा बोर्डबाट जारी निर्देशन कार्यान्वयको अवस्थाबारे बोर्डले सिडिएससँग जवाफ मागेको बोर्डले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस