aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

‘सरकारले लाइसेन्स वितरणका नाममा भ्रष्टाचार गर्यो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
himalayanlife
‘सरकारले लाइसेन्स वितरणका नाममा भ्रष्टाचार गर्यो’
DHI
NIBL

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेता तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले पछिल्लो चरणमा सरकारले बीमा र धितोपत्र बजारसँग सम्बन्धी लाइसेन्स वितरणलाई इंकित गर्दै भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

आइतबार राजधानीमा आयोजित नेपाल विजनेश समिट २०२३ को प्यानलिस्टको रुपमा आमन्त्रित गरिएका डा. वाग्लेले धितोपत्र बोर्डले शेयरबजारसँग सम्बन्धीत बाँडेको लाइसेन्स वितरणको प्रक्रियालाई उनले भष्टाचारको संज्ञा दिएका छन् । 

उनले भने, ‘राज्यले लाइसेन्स लगायतका विषयहरु वितरण गर्दा सार्वजनिक खरिद ऐनमा रहेको व्यवस्था अनुसार बोलपत्र आह्वान मार्फत बोलकबोलबाट लाइसेन्स वितरण गर्ने परिपाटी बसाले भ्रष्टाचार हुने थिएन ।’

सोही कार्यक्रममा बोल्दै अर्का प्यानलिस्ट नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले पनि लाइसेन्सको नाममा राज्यले भ्रष्टाचार गर्ने बनाएको आरोप लगाएका छन् । 

उनले भने, ‘सरकारले निजी क्षेत्रलाई जहिले पनि राजस्वमारा देख्ने राज्य आफैले निजि क्षेत्रलाई खुला गर्ने नाममा कमाउ धन्दा चलाईरहेको छ । सरकारले निजी क्षेत्रमैत्री कानुनहरु नबनाएर यो क्षेत्रलाई प्रवेश गराउने नाममा राज्यको सम्पत्ति दुरुपयोग गर्नु जघन्य अपराध हो ।’

निजी क्षेत्रलाई दण्डित गराउन सरकाले बनाएका २१ वटा कानुनका छिद्रहरुबाट सरकारी कर्मचारीहरुले यो क्षेत्रलाई अप्ठ्यारो बनाउने गरेको उनले आरोप लगाए ।

उनले भने, ‘सरकारले नीजी क्षेत्रलाई अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनेमा गणना चाँही गरेको छ तर, २१ वटा कानुनहरु यस्ता छन् । जसले उद्योगीलाई जेलसम्म पुर्याउछ । यसले पनि भएन भने विनियमावली, निर्देशन र परिपत्र समेत बनाएर निजी क्षेत्रलाई जेलमा पर्याउने प्रपञ्च रचिन्छ ।’

प्रतिक्रिया दिनुहोस