काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आइतबार डलरको खरिद दर १३० रूपैयाँ ५९ पैसा र बिक्री दर १३१ रूपैयाँ १९ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ९८ पैसा र बिक्री दर १४४ रूपैयाँ ६४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ७७ पैसा र बिक्री दर १६५ रूपैयाँ ५२ पैसा रहेको छ। आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ६० रूपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।