aarthiknews.com आइतबार, १४ असोज २०८०   Sunday, 01 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

आइतबारको मौसम पूर्वानुमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
himalayanlife
आइतबारको मौसम पूर्वानुमान
DHI
NIBL

काठमाडौं । हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।साथै कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आइतबार दिउँसो  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही  बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। 

राती कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस