aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

९८ मेगावाटको चुकेनी जलविद्युत् वैशाख २ गतेसम्म बन्न पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
himalayanlife
९८ मेगावाटको चुकेनी जलविद्युत् वैशाख २ गतेसम्म बन्न पर्ने
DHI
NIBL

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम ढिलाइ हँुदा स्थानीय प्रशासन र सरोकारवालाले अनुगमन गरेका छन् । चुकेनी जलविद्युत् आयोजना ढिलाइ भएको भन्दै स्थानीयले छिटो निर्माण सम्पन्न गर्नेका लागि माग समेत गरेका छन् । जलविद्युत्को कामको अवधि पूरा हुँदा पनि काम सम्पन्न नभएको भन्दै छिटो बनाउने वातावरण गरिदिन हुन अनुरोध गरेपछि स्थानीय सरकारसहित जिल्लाका सरोकारवालाले अनुगमन गरेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए । 

नौ सय ९८ किलोवाट क्षमताको चुकेनी जलविद्युत् तीन वर्षदेखि काम सुरु गरिएकोमा उत्पादनतर्फको काम २०८० वैशाख २ गतेसम्म काम सक्ने सम्झौता समय अवधि नाघेपछि स्थानीय चिन्तित भएका छन् । 

वैशाखमा कामको अवधि भए पनि दशैँसम्म बनाइनुपर्ने सञ्चालन समिति, स्थानीयदेखि सरोकारवाला निकायको जोड रहेको छ । निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न आनाकानी गरेको गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ । केही स्थानमा गुणस्तरहिन काम गरिएकाले पुनःनिर्माण गरिनुपर्ने देखिएको उनको भनाइ छ । 

गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले कामको ढिलाइ तथा क्यानल पर्खाल चर्किएको विषयमा गुनासो आएपछि अनुगमन गरिएको बताउनुभयो । अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काम गरिरहेको निर्माण कम्पनी, सञ्चारकर्मीसहितको टोली थियो । 

अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले चुकेनी जलविद्युत्को विषयमा तुरुन्तै जिल्लास्तरीय बैठक बोलाउने बताए । उनले काम चाडो बनाउने र गुणस्तरताका विषयमा ध्यान दिन आवश्यक भएको भन्दै प्रतिबद्धताका लागि जिल्लास्तरीय बैठक आह्वान गर्ने बताए । 

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले चुकेनी जलविद्युत् जिल्लाकै भरोसाको योजना भएकाले निर्माणमा ढिलाइ तथा गुणस्तरताको विषयमा गुनासो आएपछि अनुगमन गर्नुपर्ने अवस्था आएको जानकारी दिए ।

मेगा कन्सट्रक्सन प्रालिका प्रबन्धक चन्द्र भण्डारीका अनुसार अहिले मुख्य पाइप जडानको काम हो । सामान ल्याउने काम फागुनमा हुनुपर्नेमा बाटोको कारण केही ढिला भएको उहाँको भनाइ छ । दशैँमा बत्ती बाल्ने तयारीका साथ काम गर्ने उनले प्रतिबद्धता जनाउनुभयो । उहाँले पावर हाउस मेसिन जडान र टिन छाउने, पर्खाल लगाउने काम बाँकी रहेको बताए ।

आयोजनाको उत्पादनतर्फको प्याकेज रु एक मुआब्जा ३० करोड ७५ लाख तीन हजार सात सय १२ रहेको छ । जसमा एशियाली बैंकको रु १९ करोड ९१ लाख एक हजार, सहकारीको रु तीन करोड ३० लाख २६ हजार एक सय ७९ लगानी छ । साथै स्थानीय नागरिकको बैंक ऋण रु चार करोड छ ।

प्याकेज–२ मा वितरण तर्फको कूल लागत रु १३ करोड ८८ लाख ७२ हजार तीन सय ३५ मध्ये एशियाली विकास बैंकको रु आठ करोड ५३ लाख ३९ हजार, सहकारी उपभोक्ताको रु एक करोड ७५ लाख ६६ हजार आठ सय ७२ लगानी छ भने सहकारी उपभोक्ताको रु दुई करोड बैंक ऋण छ । 

प्याकेज निर्माणको जिम्मा कस्मिक रेनु जेभी काठमाडौँले लिएकोमा काम सम्पन्न भएको र केही मर्मत सुधार काम बाँकी भने रहेको चुकेनीखोला विद्युत् सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस