नेपालमा कोरियाले लगानी गर्न नपाउने, व्यवसाय बन्द गर्न अल्टिमेटम - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

नेपालमा कोरियाले लगानी गर्न नपाउने, व्यवसाय बन्द गर्न अल्टिमेटम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
Sunrise bank
नेपालमा कोरियाले लगानी गर्न नपाउने, व्यवसाय बन्द गर्न अल्टिमेटम
LBEF
NCH-IPS

काठमाडौं । सरकारले उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित नौ वटा व्यवसाय बन्द गर्न दुई महिने अल्टिमेटम दिएको छ । भदौ तेस्रो साताबाट लागू हुने गरी दुई महिनाभित्र अर्थात अक्टोबर मसान्तसम्म व्यवसाय बन्द वा बिक्री गरेर नेपाल छाड्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको उद्योग विभागले जनाएको छ ।

विभागका निर्देशक प्रेम लुईटेलका अनुसार केही व्यवसाय सञ्चालनमा थिए भने केहि उद्योग विभागमा दर्ता भएर सञ्चालनको तयारीमा थिए । तर, संयुक्त राष्ट्रसंघको प्रतिबन्धका कारण नेपालबाट उत्तर कोरियाली लगानी फिर्ता पठाउन थालिएको विभागका निर्देशक लुईटेलले बताए ।

उनकाअनुसार लगानी फिर्ता लैजान नेपालस्थित कोरियाली दूतावासलाई पटकपटक आग्रह गरेको थियो । दुई पटकसम्म दूतावासका डीसीएम किम जोङसँग मौखिक साझदारी पनि भएको थियो । तर, कार्यन्वयन नभएपछि परराष्ट्रमार्फत पत्राचार गर्नुका साथै उनीहरुको भिसा अवधि समेत थप नगरिएको निर्देशक लुईटेलले बताए ।

विभागका अनुसार ९ वटा उत्तर कोरीयाली लगानीका व्यवसयमा संलग्न कामदारहरुको भिषा समेत अक्टोबर ३१ सम्मका लागि मात्रै थपिएको छ ।

उद्योग विभागकाअनुसार उत्तर कोरियाली नागरिकले नेपालमा अस्पताल, रेष्टुरेण्ट र सफ्टवेयर निमार्ण क्षेत्रका व्यवसायमा लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });