aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

हेलिकप्टर दुर्घटना अपडेटः एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ बैशाख २०८०
himalayanlife
हेलिकप्टर दुर्घटना अपडेटः एकको मृत्यु
DHI
NIBL

खाँदबारी । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । 

हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएका उनले बताए । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ । मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए ।

दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस