
काठमाडौं । विश्वमा उत्पादन भएका सेवा वा बस्तुलाई ५० मिलियन प्रयोगकर्ता प्राप्त गर्न सबैभन्दा लामो समय विमान कम्पनीलाई लागेको रहेछ । विश्व तथ्यांकले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा कम समय वेच्याटलाई लागेको छ । विमान कम्पनीलाई ५० मिलियन ग्राकह बनाउन ६८ वर्ष लागेको छ भने वेच्याटलाई १ वर्षमा नै ५० मिलियन ग्राहक कमाएको देखिएको छ ।
त्यस्तै, कर उत्पादन गर्ने कम्पनीहरुलाई ५० मिलियन ग्राहक कमाउन ६२ वर्ष, टेलिफोन ५० वर्ष, क्रेडिट कार्ड २८ वर्ष, टेलिभिजन २२ वर्ष, कम्प्युटर १४ वर्ष, इन्टरनेट ७ वर्ष, पेपल ५ वर्ष, युटुव ४ वर्ष, फेसबुक ३ वर्ष र टिव्टर २ ले वर्षमा नै ५० मिलियन ग्राहक आर्जन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस