शीर्षकहरू

सिम्रिक एयर हेलिकप्टर दुर्घटनामा पाँच जना घाइते

सिम्रिक एयर हेलिकप्टर दुर्घटनामा पाँच जना घाइते

काठमाडौं । सङ्खुवासभाको भोटे खोला गाउँपालिका सिप्रुङ वडा  ४ मा जलविद्युत आयोजनाको सामान बोकेर गएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । 

उक्त दुर्घटनामा पाँच जना गम्भीर घाइते भएको स्थानीयले जनाएका छन् । जसमा पाइलट, को–पाइलट, हेलिको टिम सदस्य छिरिङ भोटे (चेपुवा), स्थानीय भबिन गुरुङ, सुरेन्द्र पौडेल रहेका छन् । उनीहरूलाई नेपाल आर्मीको हेलिबाट उपचारको लागि काठमाडौं ल्याइएको छ ।