aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ बैशाख २०८०
himalayanlife
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
तस्विर :Wang1Bhote
DHI
NIBL

काठमाडौं । संखुवासभाको भोटे खोला गाउँपालिका सिप्रङ वडा  ४ मा जलविद्युत आयोजनाको सामान बोकेर गएको सिम्रिंक एयरको हेलिकप्टर दुर्घटना भएको अशंका गरिएको छ । माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

संखुवासभाका प्रमुख जिल्ला शिवकुमार कार्कीले हेलिकप्टर दुर्घटना भएको भन्ने अपुष्ट खबरहरु आएकाे बताए । घटनास्थलबाट धुवाँ आइरहेको र उद्दारका लागि गृह मन्त्रालयबाट उद्दार टोली आइरहेको खबर पाएको उनले बताए । 

हेलिकप्टर पाइलट सुरेन्द्र पौडेलले उडाएका थिए । उनी घाइते भएको खबर आएको हवाई सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले बताए । सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसै क्रममा हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस