आजदेखि राजधानीमा पाकिस्तान र नेपाल मैत्री व्यापार मेला सुरु - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

आजदेखि राजधानीमा पाकिस्तान र नेपाल मैत्री व्यापार मेला सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
Sunrise bank
आजदेखि राजधानीमा पाकिस्तान र नेपाल मैत्री व्यापार मेला सुरु
LBEF
NCH-IPS

काठमाडौं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी भदौ ३० बाट राजधानीमा आयोजना भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरको चौंथो तल्ला डिइसीसीमा भदौ ३० गतेदेखि असोज ५गतेसम्म ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०१९’ मेला आयोजना आजबाट सुरु भएको हो  । 

पाकिस्तान र नेपाल मैत्री व्यापार मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता चप्पल, नक्कली गरगहना लगायतका सामग्री उपलब्ध  हुने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ । काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशक यता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ । 

एक हप्तासम्म चल्ने मेलामा पाकिस्तानका ६० भन्दा बढि प्रतिष्ठित व्यापारीहरुको स्टल रहने छन् । ललितपुर उद्योग वाणिज्य संघको प्रवद्र्घनमा आयोजना हुन लागेको मेलामा पाकिस्तानबाट ३० वटा स्टल रहने छन् । मेलामा यसपालीदेखि नेपाल, भारत र बंगलादेशबाट पनि प्रतिष्ठित उद्योगका उत्पादनहरु समेटिएका स्टलहरु राखिने आयोजक पक्षले जनाएको छ । 

मेलाले आर्थिक गतिविधिलाई बढवा दिएर दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको आयोजक इन्ट्रोडक्सन ट्रेड शोका कार्यकारी निर्देशक सुमन महर्जनले बताए । 

पाकिस्तानमा निर्मित छालाका सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले पाकिस्तानमा प्रभाव जमाएको भन्दै उनले मेलामार्फत दुबै देशहरुको उत्पादनको प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा व्यक्त गरेका छन् । 

यस्तो मेलाले दुबै मुलुकका व्यवसायीलाई नजिक्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उनले विगत छ दशक यताको द्विपक्षीय सम्बन्ध बलियो बनाउन प्रदर्शनी उपलब्धीमूलक हने बताए ।

मेला दुबै मुलुकबीचको जनतासँगको सम्बन्ध विस्तार गर्न उपयोगी हुने विश्वास व्यक्त गर्दै महर्जनले आर्थिक गतिविधिलाई बढवा दिएर दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढन पनि मेला फलदायी हने धारणा राखेका छन् ।

यसपटक मेलाको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरुका लागि गेमिडजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रम लगायत रहने आयोजक पक्षले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });