
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबारका लागि भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ५९ पैसा र बिक्री दर १३१ रूपैयाँ १९ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ १३ पैसा र बिक्री दर १६४ रूपैयाँ ८८ पैसा रहेको छ। आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ १५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस