नेप्सेमा पहिरो जाने क्रम रोकिएन, आज पनि दोहोरो अंकले घट्यो - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

नेप्सेमा पहिरो जाने क्रम रोकिएन, आज पनि दोहोरो अंकले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
Sunrise bank
नेप्सेमा पहिरो जाने क्रम रोकिएन, आज पनि दोहोरो अंकले घट्यो
LBEF
NCH-IPS

काठमाडौं । यस साताको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । साताको दोस्रो दिनको कारोबारमा सोमबार नेप्से परिसूचक १६.१८ अंकले घटेर ११२३.८३ बिन्दूमा झरेको छ । 

कुल १६९ कम्पनीको १२ लाख ४८ हजारभन्दा बढी कित्ता शेयर ३४ करोड ३९ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले जनाएको छ । समग्र परिसूचकमा गिरावट आए पनि  साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ४ प्रतिशतले बढेको छ । उता, नेसनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर सात प्रतिशतले घटेको छ । 

यस दिन सबैभन्दा बढी छिमेक लघुवित्त कम्पनीको शेयर किनबेच भएको छ । यस कम्पनीको एक करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज कारोबारमा आएका समूहमध्ये व्यापार समूहबाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । आज सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूह १३१ अंकले गिरावट आएको छ । आइतबार सेन्सेटिभ इन्डेक्स पनि ३.६६ अंकले घटेर २४६.३५ मा झरेको छ ।
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });