आईएनजीओले ४९ परियोजनाका लागि २७ अर्ब लगानी गर्ने सम्झौता - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

आईएनजीओले ४९ परियोजनाका लागि २७ अर्ब लगानी गर्ने सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
Sunrise bank
आईएनजीओले ४९ परियोजनाका लागि २७ अर्ब लगानी गर्ने सम्झौता
LBEF
NCH-IPS

काठमाडौं ।  अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले नेपालमा झन्डै २७ अर्ब रुपैयाँ लगानी गर्नेेसम्बन्धी परियोजना सम्झौता गरेका छन्। समाज कल्याण परिषद्का अनुसार आर्थिक वर्ष २०७५/७६ मा आईएनजीओले ४९ परियोजनाका लागि २६ अर्ब २५ करोड ४७ लाख ९१ हजार ४ सय ६२ रुपैयाँ ४७ पैसा लगानी गर्ने स्वीकृति पाएका छन् ।

आईएनजीओको त्यति धेरै लगानीको पारदर्शितामा भने बारम्बार प्रश्न सिर्जना हुने गरेको छ । आईएनजीओहरूले स्वास्थ्य, शिक्षा, बाल कल्याण, मानव बेचविखन, कृषि तथा पशुपालनलगायतका परियोजनामा खर्च गर्ने गरी सम्झौता गरेको परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले बताए।

एक वर्षदेखि ५ वर्षसम्मका यी परियोजना हाल सञ्चालनमा रहेको पनि उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रकशित छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });