आकासियो प्याजको भाउ - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

आकासियो प्याजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
Sunrise bank
आकासियो प्याजको भाउ
LBEF
NCH-IPS

काठमाडौं । तरकारी स्वदिलो बनाउन प्रयोग गरिने प्याजको भाउ पाँच महिनाको बीचमा २१२ प्रतिशतसम्म महँगो भएको छ । यस पटक प्याज भारतमै महँगो भएकाले नेपाल ल्याई पुर्रयाउँदा झन् महँगो भएको हो ।

पाँच महिना पहिले वैशाखमा प्रतिकेजी २५ रुपियाँ थोक मूल्यमा किनबेच भइरहेको प्याज अहिले बढेर ७८ रुपियाँ थोकमै कारोबार भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था समितिका अनुसार गएको वैशाखमा प्रतिकेजी २५ रुपियाँमा थोकमा कारोबार भएको प्याज पाँच महिनाको बीचमा बढेर ७८ देखि ८० रुपियाँ थोकमा किनबेच भइरहेको छ ।

कालीमाटी बजारमै खुद्रा प्याजको प्रतिकेजी ९६ रुपियाँमा किनबेच भइरहेको छ । जबकि पाँच महिना अगाडि सोही बजारमा ४० रुपियाँ खुद्रा मूल्यमा प्याजको किनबेच भएको थियो । यो समाचार अजाको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });