aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

यौनशोषण गरेको आरोपमा एक व्यापारी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ बैशाख २०८०
himalayanlife
यौनशोषण गरेको आरोपमा एक व्यापारी पक्राउ
DHI
NIBL

विराटनगर । यौन शोषण गरेको आरोपमा विराटनगरका एक जना व्यापारी पक्राउ परेका छन् । एक जना किशोरीलाई ब्ल्याकमेलिङ गर्दै ६ वर्षदेखि योनशोषण गरेको अभियोगमा विराटनगरका मोहम्मद रिजवान अन्सारी पक्राउ परेका हुन्। 

अहिले २० वर्ष पुगेकी ती किशोरी १५ वर्षको हुँदादेखि जबरजस्ती गर्दै  विराटनगर–६ का ३० वर्षीय पक्राउ परेका अन्सारीले जवरजस्ती गर्दै यौन शोषण गरेको पीडित युवतीको आरोप छ । ती व्यापारीको विराटनगरमा चस्मा पसल  छ। 

अन्सारीमाथि ती किशोरीलाई २०७४ देखि जबरजस्ती गरेको अभियोग छ। पहिलोपटक बलात्कार गरेको भिडिओ खिचेको र त्यही सार्वजनिक गर्ने धम्की दिँदै निरन्तर यौन शोषण गर्दै आएको खुलेको मोरङ प्रहरीले जनाएको छ।

यसरी ब्यालकमेलिङ गर्दै अन्सारीले ती किशोरीलाई १५ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जनकुमार दाहालले जानकारी दिए। बलात्कारको शिकार बनेकी किशोरीको जबरजस्ती करणीबाट दुई पटक गर्भ पनि रहेको थियो।

प्रहरीका अनुसार पहिलो पटक २०७४ सालमा जबरजस्ती करणाी गरेको पीडित किशोरीले मोरङ प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। पक्राउ परेका अन्सारीलाई मोरङ प्रहरीले आइतबार तीन वटा मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको छ।

 प्रहरीले उनीविरूद्ध जबरजस्ती करणी, गर्भ संरक्षणको कसुर र विद्युतीय कारोबार ऐनमा म्याद थप गरी अनुसन्धान सुरू गरेको उनले बताए। किशोरीसँग सम्बद्ध अश्लिल भिडिओ अन्सारीले फेक फेसबुक अकाउन्ट बनाएर हाल्ने  गरेका थिए। 

प्रतिक्रिया दिनुहोस