aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ बैशाख २०८०
कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु
NIBL

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपचारका क्रममा एक जनाकाृ मृत्यु भएको हो ।

 आज थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर प्रविधिबाट २०५ बाट २२ जना र एन्टिजेन प्रविधिबाट गरिएका एक हजार ३३ बाट २९ जनामा कोरोना संक्रमण फेला परेको छ ।  त्यस्तै ३५ जना संक्रमणमुक्त भएका छन् ।  हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ । 

प्रतिक्रिया दिनुहोस