
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण रोकिएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको हो ।
खेल स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको छ । नेपालका करण केसी एक्लैले ५ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका छन् ।एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतलाई जितका लागि दुई सय ८२ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेल टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर दुई सय ८१ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान दिए । उनले ९५ बलमा सात चौका र तीन छक्काको सहयोगमा ९४ रन बनाएका हुन् । कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३१ रन बनाए । आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे ।
कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन÷तीन विकेट लिए भने सयद मोनिव र यासिन पटेलले समान एक÷एक विकेट लिए । पचास ओभरको खेल वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा घटाएर सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस