विद्युत प्राधिकरणकाे ३ वर्षकाे रामकहानी, कस्ता छन् भावी योजना ? - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

विद्युत प्राधिकरणकाे ३ वर्षकाे रामकहानी, कस्ता छन् भावी योजना ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
Sunrise bank
विद्युत प्राधिकरणकाे ३ वर्षकाे रामकहानी,  कस्ता छन् भावी योजना ?
LBEF
NCH-IPS

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले तीन वर्षअघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिव १५० युनिट रहेकोमा अहिले नियमित विद्युत् आपूर्ति हुन थालेपछि बढेर करिव २४५ युनिट पुगेको बताए । 

उनले विभिन्न कारणले रुग्ण बनेका जलविद्युत उत्पादन, प्रसारण र वितरणका आयोजनाहरु निर्माण सम्पन्न भएका प्रस्ट पारेका छन् । 

उनले भने ‘तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तिय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न  संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणले ठूलो सफलता हात पारेको छ । आफ्नो आम्दानी बढाउँदै लगेर प्राधिकरण मुलुककै सबैभन्दा बढी आम्दानी गर्ने संस्था बनेको छ’ । 

वित्तीय तथा प्रशासनिक सुधारतर्फ

आर्थिक वर्ष २०७२/७३ मा रु.८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले  आव ०७३/७४ मा रु १ अर्ब ४७ करोड, आ व ०७४/७५ मा रु २ अर्ब ८५ करोड र  आव ०७५/७६ मा रु ७ अर्ब २० करोड खुद नाफा आर्जन गरेको छ । 

आर्थिक वर्ष २०७२/७३ मा रु.३४ अर्ब ६१ करोड संचित नोक्सानी रहेको प्राधिकरण यसलाई घटाउँदै आव ०७३/७४मा रु २८ अर्ब १७ करोड, आव ०७४/७५ मा रु २५ अर्ब ५९ करोड र  आव ०७५/७६मा रु १५ अर्ब २२ करोडमा झार्न सफल भएको प्राधिकरणले जनाएको छ ।   

आर्थिक वर्ष २०७२/७३ मा रु.३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणको आव ०७३/७४मा रु ५१ अर्ब ७० करोड, आव ०७४/७५मा रु ६१ अर्ब ९७ करोड र  आव ०७५/७६मा रु ७३ अर्ब ४६ करोडमा पुगेकोे छ ।  

उत्पादन 
 विगत तीन वर्षमा प्राधिकरणको १०४ मेगावाट र नीजि उत्पादकहरुको २७१ मेगावाट गरी जम्मा ३७५ मेगावाट जलविद्युत आयोजनाहरु संचालनमा आएको छ ।  

प्राधिकरणको सहायक कम्पनीहरुमार्फत निर्माण हुन लागेका १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्रि बी जलविद्युत आयोजनाको काम द्रुत गतिमा अघि बढेको निर्देशक कुलमान घिसिङले बताए ।  भूकम्पपछि बन्द अवस्थामा रहेको स्वदेशी लगानीमा निर्माणाधिन राष्ट्रिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको निर्माण चालु आवभित्र सम्पन्न गर्ने गरी अगाडि बढाइएको छ । 

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी अन्तर्गतका १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा पुगेका छ । 

१०६० मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारी अन्तिम चरणमा पुर्याई वित्तीय व्यववस्थापनको आवश्यक कार्य अगाडी बढाईएकोे छ  । साथै ९९.६ मेगावाटको तामाकोशी ५ को विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडी बढाईएको प्राधिकरणले जनाएको छ । 
 
प्रसारण 
आव २०७२/७३ सम्ममा विद्युत् प्रसारण लाइनको संजाल २९११ सर्किट किलोमिटर रहेकोमा अहिले ३९९०  सर्किट किलोमिटर पुगेको, गत आवमा मात्रै सात सय ५७ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भई ६०६ सर्किट किलोमिटर चार्ज भएको प्राधिकरणले जनाएको छ । 

 लामो समयदेखि सम्पन्न हुन नसकी रुग्ण बनेको काबेली करिडोर सहित  प्रसारण तर्फ ३ र वितरण तर्फ ३४ गरी जम्मा ३७ वटा रुग्ण आयोजना गत आर्थिक वर्षमा सम्पन्न, १३ आयोजनाको ठेक्का सम्झौता रद्ध गरी पूनः ठेक्का प्रकृया शुरु गरिएको छ । 

ढल्केवार २२० केभी सवस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतवीचको अन्तरदेशीय प्रसारण लाईन मुजफरपुर ढल्केवारलाई २२० के.भी. मा चालु गरिएको । कटैया कुशाहा १३२ के.भी. दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ के.भी. प्रसारण लाइृनहरुको निर्माण सम्पन्न गरी नेपाल र  विहारवीच विद्युत आदान प्रदानको क्षमता विस्तार गरिएको छ ।

विगत तीन वर्षभित्र नयां निर्माण तथा स्तरोन्नति गरी १७१२ एम.भि.ए. क्षमताका प्रसारण सव्स्टेसन थप गरिएको घिसिङको भनाई छ ।  

चुहावट नियन्त्रण 
● तीन वर्ष अगाडी कूल २५.७८ प्रतिशत रहेको विद्युत चुहावटलाई तीन वर्षभित्र १५.३२ प्रतिशतमा ल्याइएको, तीन वर्षभित्रमा १०.४६ प्रतिशत चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले वार्षिक रु ७ अर्ब थप आम्दानी गरेको छ । 

(५) विद्युत व्यापार 
●निजी क्षेत्रका ३४० आयोजनाहरुसँग ६ हजार ४४ मेगावाटको  विद्युत खरिद संझौता (पीपीए) भएको । आव २०७२/७३मा २७ आयोजनासँग ४७४ मेगावाटको पीपीए भएकोमा आव ०७३÷७४मा २८ आयोजनासँग ५५६ मेगावाट, आव ०७४/७५मा ४५ आयोजनासँग ११०३ मेगावाट र ०७५/७६मा ८५ आयोजनासँग १४८० मेगावाटको पीपीए गरिएको छ । 

नेपाल र भारतवीच वर्षौंदेखि हुन नसकिरहेको विद्युत अदान प्रदान समितिको बैठक लाई नियमितता प्रदान गर्दै प्रत्येक वर्ष बैठक वसी विद्युत व्यापार एवं प्रसारण पुर्वाधार विकास गर्न आवश्यक छलफल एवं निर्णय गरिएको छ । 

आगामी कार्ययोजना
सरकारको निर्देशन र उपभोक्ताको हित नेपाल विद्युत प्राधिकरणका लागि सर्वोपरि हो । उच्च आर्थिक विकासको लक्ष्य पुरा गर्ने सरकारको उद्धेश्यअनुसार आवश्यक उर्जा उत्पादन, प्रशारण तथा वितरण गर्न मात्र होइन, राष्ट्रको सम्पत्ति यो संस्थालाई नाफामूलक, अनुशासित, सम्मानित र शसक्त बनाउन स्पष्ट दृष्टिकोणका साथ प्राधिकरणलाई अघि बढाइने छ । 

विगतमा लोडसेडिङ अन्त्य गर्न मुख्य ध्यान केन्द्रित गरेको प्राधिकरणले अब ग्राहकको सन्तुष्टीलाई केन्द्रविन्दुमा राखी सोही अनुसार प्रसारण तथा वितरण लाइन र सबस्टेसनको सुदृढीकरण र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाउने छ । 

आगामी दिनमा वर्षायाममा  उत्पादित विद्युतलाई खेर जान नदिई शतप्रतिशत आन्तरिक खपत वा निर्यात गराउन विशेष ध्यान केन्द्रित गरिने छ ।
लोड सेडिङअन्त्य पछि उत्पन्न भएका चुनौतीलाई समाना गर्दै सुरक्षित, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न प्राधिकरण दृढ छ । 

अनलाईन तथा एकीकृत भुक्तानी प्रणालीलाई अबलम्बन गरी ग्राहकहरुलाई थप सुविधा उपलब्ध गराइने छ । प्राधिकरणले अब जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरुलार्ई गेम चेन्जर आयोजनाको रुपमा अगडि बढाउने छ । 


 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });