बैंकबाट ५ लाख लिएर घर जाँदै गर्दा महेन्द्रकाे गोली हानी हत्या - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

बैंकबाट ५ लाख लिएर घर जाँदै गर्दा महेन्द्रकाे गोली हानी हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
Sunrise bank
बैंकबाट ५ लाख लिएर घर जाँदै गर्दा महेन्द्रकाे  गोली हानी हत्या
LBEF
NCH-IPS

रूपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा अज्ञात समूहले महेन्द्र कुर्मीको गोली हानी हत्या गरेको छ। अज्ञात समूहले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

हिमालयन बैंक भैरहवाबाट रकम निकालेर जाँदै गरेका ओमसतिया गाउँपालिका-५ का ३५ वर्षीय महेन्द्र कुर्मीको रोहिणी गाउँपालिका-३ वैकुण्ठपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुसार प्रहरी घटनास्थल पुगेको छ। प्रहरीका अनुसार मृतक कुर्मी श्रीमतीसँग लु९प ८२३५ नम्बरको मोटरसाइकलमा थिए। मोटरसाइकलमै रहेका दुई जनाले गोली हानेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कुर्मीले हिमालयन बैंकबाट पाँच लाख रुपैयाँ निकालेर घर फर्किँदै थिए। सोही पैसा लुट्न उनीमाथि गोली हानिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });