नेप्सेमा लगातार गिरावट, आज पनि दोहोरो अंकले घट्यो - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

नेप्सेमा लगातार गिरावट, आज पनि दोहोरो अंकले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
Sunrise bank
नेप्सेमा लगातार गिरावट, आज पनि दोहोरो अंकले घट्यो
LBEF

काठमाडौं । यस साताको पहिलो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो दिनको कारोबारमा आइतबार नेप्से परिसूचक १७.८७ अंकले घटेर ११४०.०१ बिन्दूमा झरेको छ । 

कुल १६२ कम्पनीको १० लाख ९० हजारभन्दा बढी कित्ता शेयर २८ करोड ८० लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले जनाएको छ । समग्र परिसूचकमा गिरावट आए पनि रिलायन्स फाइनान्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढृे ३ प्रतिशतले बढेको छ । उता, गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर करिब साढे आठ प्रतिशतले घटेको छ । 


यस दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर किनबेच भएको छ । यस कम्पनीको एक करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज कारोबारमा आएका सबै समूहको परिसूचकमा गिरावट आएको छ । आज सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूह ६६ अंकले गिरावट आएको छ । आइतबार सेन्सेटिभ इन्डेक्स पनि ३.७९ अंकले घटेर २५०.०१मा झरेको छ ।
 

प्रतिक्रिया दिनुहोस