सुनको ट्वाइलेट चोरी - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

सुनको ट्वाइलेट चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
Sunrise bank
सुनको ट्वाइलेट चोरी
LBEF

एजेन्सी : युनाइटेड किंगडमको सबैभन्दा ठूलो प्यालेस ब्लेनहीम प्यालेसमा सुनबाट बनेको ट्वाइलेटको सिट चोरी भएको छ ।

बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिल जन्मिएको घरमा १८ क्यारेटको सुनको कमोड राखिएको थियो । उक्त ट्वाइलेट शनिबार बिहान ५ बजे चोरी भएको हो । चर्चिल सन् १९४० देखि १९४५ सम्म ब्रिटिसका प्रधानमन्त्री रहेका थिए ।

उक्त ट्वाइलेट इटालियन कलाकार माउरिजिओ क्याटलानले प्रदर्शनीका लागि राखेका थिए । जुन यही बिहीबार सर्वसाधारणका लागि खुला गराइएको थियो ।

घटनापछि ६६ वर्षीय एक पुरुष चोरसँग साँठगाँठ भएको भन्दै पक्राउ परेका छन् । उक्त ट्वाइलेट ब्लेन्हेम प्यालेसभित्र विन्स्टन चर्चिल जन्मिएको कोठाको अर्कोपट्टीको कोठाभित्र राखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस