राजमार्गका खाल्डाखुल्डी असोज १० गतेसम्ममा पुरिने - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

राजमार्गका खाल्डाखुल्डी असोज १० गतेसम्ममा पुरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
Sunrise bank
राजमार्गका खाल्डाखुल्डी असोज १० गतेसम्ममा पुरिने
LBEF
NCH-IPS

काठमाडौं । वर्षाले भत्काएका राजमार्गका खाल्डाखुल्डी असोज १० गतेसम्म मर्मत गरिसकिने भएको छ ।

यातायात ब्यवसायीहरुले दशैँ, तिहार र छठ पर्वका लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुलाएकाले सडक मर्मत गरिदिन आग्रह गरेपछि सडक विभागले तत्काल मर्मत गर्न लागेको हो ।

ब्यवसायीहरुले सडकको अवस्था कमजोर रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल मर्मत गरिदिन आग्रह गरेपछि सडक विभागले सडक मर्मत गर्न तत्परता देखाएको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए ।

सापकोटाले वर्षाले भत्काएका राजमार्ग र खाल्डाखुल्डी पुर्ने काम सुरु भएको र असोज १० गतेसम्म सो काम पुरा हुने बताए ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });