सुनको भाउ ओरालो लागेकाे लाग्यै - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

सुनको भाउ ओरालो लागेकाे लाग्यै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
Sunrise bank
सुनको भाउ ओरालो लागेकाे लाग्यै
LBEF
NCH-IPS

काठमाडौं । सुनको भाउ विस्तारै घट्न थालेको छ । शुक्रबारको तुलनामा सुन आइतबार तोलाको ४ सय रुपैयाँ सस्तो भएको छ ।

छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेर आइतबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ७३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले नै घटेको हो । यता, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतितोला ८४० रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });