निर्धन उत्थानले ४०.५३% लाभांश बाँड्ने - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

निर्धन उत्थानले ४०.५३% लाभांश बाँड्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
Sunrise bank
निर्धन उत्थानले ४०.५३% लाभांश बाँड्ने
LBEF
NCH-IPS

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ४०.५३% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २५% बोनस र १५.५३% नगद गरी कुल ४०.५३% लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ३० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने १८ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ नगद बाँड्ने भएकाे छ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने निर्धनले जनाएको छ । अघिल्लो वर्ष निर्धनले २०% बोनस र २२.११% बोनस गरी ४२.११% लाभांश वितरण गरेको थियो । 
 

हाल निर्धनको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको असार मसान्तसम्म निर्धनले ५२ करोड ७५ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ २३ पैसा छ । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });