ट्विटरद्वारा क्युवाली नेता राउल क्यास्टोको अकाउन्ट बन्द - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

ट्विटरद्वारा क्युवाली नेता राउल क्यास्टोको अकाउन्ट बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
Sunrise bank
ट्विटरद्वारा  क्युवाली नेता राउल क्यास्टोको अकाउन्ट बन्द
LBEF
NCH-IPS

एजेन्सी ।  माइक्रो ब्लगिङ साइट ट्विटरले क्युवाली नेता राउल क्यास्टोको ट्विटर अकाउन्ट बन्द गरेको छ । साथै क्युबाका सरकारी सञ्चार माध्यमका ट्विटर अकाउन्ट पनि निलम्बन गरिएका छन् ।

अमेरिकी नाकाबन्दीका कारण मुलुकमा इन्धन अभाव भएको सम्बन्धमा सरकारी टेलिभिजनबाट क्युबाली राष्ट्रपति मिगुएल दियाज क्यानेलले सम्बोधन गरिरहेकै समयमा ट्विटरले यस्तो कदम चालेको हो ।

आफ्नो सम्बोधनमा राष्ट्रपतिले इन्धन अभावका विषयमा जनतालाई प्रष्ट पार्दै यसबाट पर्नसक्ने प्रभावका बारेमा उल्लेख गरेका थिए । साथै उनले बिजुली कसरी बचाउने जस्ता विषयमा पनि सर्वसाधारणलाई जानकारी गराएका थिए ।

क्युबाको परराष्ट्र मन्त्रालयले ट्विटरको प्रतिबन्धलाई कडा शब्दमा निन्दा गर्दै यसले सत्यको पक्षमा बोल्ने क्रान्तिकारीको आवाज दबाउने प्रयत्न गरेको आरोप लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });