'भारतसँगको नेपाली नीति झन विपक्षमा भयो' - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

'भारतसँगको नेपाली नीति झन विपक्षमा भयो'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
Sunrise bank
'भारतसँगको नेपाली नीति झन विपक्षमा भयो'
LBEF

काठमाडौं । पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदुरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येताले बताएका छन् ।

भारतको इन्स्टिट्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिसका शोधकर्ता डा.निहार नायकले नेपालको समदुरीमा आधारित नीति सबैभन्दा नजिकको छिमेकी भारतको पक्षमा नरहेको बताएका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो कार्यकालमा चार पटक नेपाल आएको उल्लेख गर्दै उनले तर चीनका राष्ट्रपतिको आगामी सम्भावित भ्रमण मात्र नौ घन्टाको हुने पनि बताए ।

नीति अनुष्ठान प्रतिष्ठान नेपाल र इन्स्टिट्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिजले शनिबार आयोजना गरेको नयाँ सन्दर्भमा नेपालको परराष्ट्र नीति विषयक अन्तरक्रियामा सहभागी हुँदै उनले भने, ‘समदुरी भनेपछि सबै पक्षमा हुनुपर्ने हो । तर भूगोल, व्यापार नाकाको संख्या, आवतजावतमा सहजता जस्ता अनेकन विषय वास्तममा समदुरीमा छैनन् । यो व्यवहारिक रुपमा सम्भव छ त ? आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस