६० हजारमा थालेको व्यवसायबाट वार्षिक ६ लाख आम्दानी - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

६० हजारमा थालेको व्यवसायबाट वार्षिक ६ लाख आम्दानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
Sunrise bank
६० हजारमा थालेको व्यवसायबाट वार्षिक ६ लाख आम्दानी
LBEF
NCH-IPS

रसुवा ।  गोसाइँकुण्ड गाउँपालिका-६, धुन्चेका पेमा तेन्जिन तामाङले बंगुर पाल्न थालेको साढे चार वर्ष भयो । जिल्लामा बगरको माग बढदै गएको र यसबाट राम्रो आम्दानी हुने दखपछि उनले २०७१ फागुनदेखि बंगुरपालन सुरु गरेका हुन । सुरुमा उनले खोर निर्माण र नौवटा बंगुर खरिदका लागि ६० हजार रुपैयाँ लगानी गरेका थिए ।

लामो समयदेखि तरकारी तथा खुद्रा पसल सञ्चालन गरिरहेका उनी साथीभाईको सल्लाहबाट व्यवसाय सुरु गरेको बताउँछन्। 'पसलबाट तरकारी खेर गइरहन्थ्यो ,' उनले भने, 'खेर जाने तरकारीको सदुपयोग गर्न साथीभाईले बंगुर पाल्ने सल्लाह दिए। दुई-चारवटा बंगुर पालिहेरौं न त भनेर व्यवसाय सुरु गरेको उनले बताए। उनले साढे तीन वर्षमै एक सय १५ वटा बंगुर पुऱ्याउन सफल भए।

अहिले उनले २४ वटा खोर बनाएका छन् । त्यहाँ सानाठूला गरी ५४ वटा बंगुर छन् । उनले पालेका बंगुर धुन्चे बजारमा नै खपत हुन्छ। उनका अनुसार शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र होटलले बढी मात्रामा मासु लैजाने गरेका छन् । 'उत्पावन भएको मासु याँही खपत हुने गरेको छ,' उनले भने, 'केही परिमाणमा जलविद्युत् आयोजनाले पनि लैजाने गरेका छन्। अहिले उनले बंगुरपालन व्यवसायबाट वार्षिक करिब ६ लाख आम्दानी गर्छन् । 
कामदारको ज्याला, बंगुरको पाठापाठी खरिद र दानाको खर्च कटाएर ६ लाखसम्म बचत हुने गरेको उनले सुनाए। बंगुरको बजार बढ्दै गएको र आम्दानी पनि राम्रो हुँदै गएपछि उनले अब तीन सय बंगुर पुऱ्याउने लक्ष्य राखेका छन्। बंगुरको संख्या बढाउनुका साथै अर्गानिक तरकारी उत्पादन गर्ने उनले लक्ष्य लिएका छन्।

'सदरमुकाम धुन्चेमा दैनिक ७० केजी बंगुरको मासु खपत हुन्छ,' उनले भने, 'यहाँ उत्पादन भएको बंगुर बाहिर बिक्री गर्नुपर्ने अवस्था छैन ।' बंगुरपालनबाट राम्रो आम्दानी भए पनि यसमा चुनौती पनि थुप्रै छन्। औषधिको अभाव, प्राविधिकको अभाव, दानाको अभाव तथा दाना ढुवानी यसका प्रमुख समस्या हुन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });