मार्जिन कारोबारका लागि ३३ कम्पनी छानिए, १२ वाणिज्य बैंकको शेयर योग्य - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

मार्जिन कारोबारका लागि ३३ कम्पनी छानिए, १२ वाणिज्य बैंकको शेयर योग्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ भदौ २०७६
Sunrise bank
मार्जिन कारोबारका लागि ३३ कम्पनी छानिए, १२ वाणिज्य बैंकको शेयर योग्य
LBEF
NCH-IPS

काठमाडौं । मार्जिन कारोबारका लागि यस वर्ष ३३ कम्पनीको शेयर योग्य देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिमा भएको व्यवस्था बमोजिम ३३ योग्य कम्पनीको नाम सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७६÷७७ का लागि वाणिज्य बैंकतर्फ १२ ,विकास बैंकतर्फ ७, लघुवित्त कम्पनीतर्फका ९ , हाइड्रोपावर ३ , होटल्स १  र १ अन्य समूहतर्फको कम्पनीको शेयर कारोबार योग्य रहेको नेप्सेले जनाएको छ ।

गत असार १२ गतेदेखिनै नेपाल राष्ट्र बैंकबाट पहिलो चरणमा सैद्धान्तिक सहमति पाएका कम्पनीहरुलाई मार्जिक कारोबार सेवा सञ्चालका लागि स्वीकृति दिन थालेको नेप्सेले हालसम्म २१ ब्रोकर कम्पनीहरुलाई स्वीकृति दिईसकेको जानकारी दिएको छ । 

मार्जिन कारोबारको राफसाफका लागि छुट्टै सफ्वेयर निर्माण गर्नुपर्ने ब्रोकर हरुको माग बमोजिम सिडिएसले सफ्टवेयर निर्माण गरी नेपाल धितोपत्र बोर्डसँग अनुमति लिई सकेको छ । बोर्डले सिडिएसले पेश गरेको केन्द्रिय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) लाई भदौ १८ गते स्वीकृत गरेको हो । स्वीकृति पाएका ब्रोकर कम्पनीहरु भने वाणिज्य बैंकको तुलनामा कम ब्याजदरमै मार्जिन सेवा प्रदान गर्न तयारी अवस्थामा बसेका छन् ।

मार्जिन कारोबार उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्ति कम्तिमा रू. ५ करोड हुनुपर्नेछ । दलाल व्यवसायीले मार्जिन कारोबार उपलब्ध गराउदा कम्तिमा १० हजार शेयरधनी भएको , खुद सम्पत्ति चुक्तापूँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा दश प्रतिशत लाभांश वितरण गरेको  छ । 

 दोस्रो बजारमा अघिल्लो आर्थिक भरवर्ष कम्तिमा असी प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको , आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीकोे शेयरमा मात्र उपलब्ध गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम कार्य सम्पादन गरिरहेको ३३ कम्पनीको सूची नेप्सेले सार्वजनिक गरेको हो । ब्रोकर कम्पनीहरुल मार्जिक कारोबार सुविधा आफ्नै स्रोत वा वाणिज्य बैङ्कसँग रकम लिएर आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म उपलब्ध गराउन सक्नेछन् ।
मार्जिन कारोबारका लागि योग्य शेयर भएको कम्पनी 
वाणिज्य 
१. एभरेष्ट बैंक
२. ग्लोवल आइएमई बैंक
३. माछापुछ्रे बैंक
४. नेपाल बङ्गलादेश बैंक
५. नेपाल इन्भेष्टमेण्ट बैंक
६. एनआईसी एशिया बैंक
७. सानिमा बैंक
८.नेपाल एसबिआइ बैंक
९. सन्राइज बैंक
१०. सिद्धार्थ बैंक
११. एनएमबि बैंक
१२. हिमालयन बैंक
विकास बैंक 
१. गरिमा विकास बैंक
२. मुक्तिनाथ विकास बैंक
३. कैलाश विकास बैंक
४. पूर्णिमा विकास बैंक 
५. तिनाउ मिसन डेभलपमेण्ट बैंक
६. गण्डकी विकास बैंक 
७. शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक 
लघुवित्त कम्पनी 
१. आरएसडिसि लघुवित्त
२. विजय लघुवित्त
३. वोमी माइक्रोफाइनान्स
४. आरएमडिसि लघुवित्त
५. एनएमबी माइक्रोफाइनान्स
६. फरवार्ड कम्यूनिटि लघुवित्त
७. लक्ष्मी लघुवित्त 
८. ग्लोबल आइएमई लघुवित्त
९.नेशनल माइक्रोफाइनान्स 
जलविद्युत कम्पनी ः
१. चिलिमे हाइड्रो
२. बुटवल पावर
३. ङादी पावर
होटल्स 
१. ओरियन्टल होटल 
अन्य समूह 
१.नेपाल दुरसञ्चार कम्पनी 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });