एलआईसी नेपाल “अभिकर्ता राष्ट्रिय सम्मेलन” सम्पन्न - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

एलआईसी नेपाल “अभिकर्ता राष्ट्रिय सम्मेलन” सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ भदौ २०७६
Sunrise bank
एलआईसी नेपाल “अभिकर्ता राष्ट्रिय सम्मेलन” सम्पन्न
LBEF
NCH-IPS

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) कोे अभिकर्ता, वजार प्रतिनिधि र एजेन्सी म्यानेजरहरुको राष्ट्रिय सम्मेलन विहिबार र शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीमा आबद्ध ४४ हजार अभिकर्तामध्येमा उत्कृष्ट कार्यसम्पादन गरी छानिएका ११० एजेन्सी म्यानेजर र ४५० अभिकर्ताहरु गरी जम्मा ५६० जनाले सम्मेलनमा भाग लिए । 

अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि भारतबाट आउनु भएका बीमा प्रशिक्षक  विजयकुमार झाले विशेष प्रशिक्षण दिएका थिए  । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले गत आ.ब. को व्यवसायिक समिक्षा गर्दै चालुु आ.ब. को लागि तयार गरिएका योजनाहरुको बारेमा प्रकाश पारेका थिए । 

कार्यक्रममा आ.ब. २०७५/७६ का उत्कृष्ट १० जना एजेन्सी म्यानेजरकासाथ प्रथम बीमाशुल्क आर्जनको आधारमा उत्कृष्ट ३ अभिकर्ताहरु अन्जन भण्डारी, पूर्ण वहादुर खडका तथा राधिका शिवाकोटी र बीमालेख बिक्री संख्याको आधारमा उत्कृष्ट ३ अभिकर्ताहरु किरण साह नायक, कामिनी देवी ठाकुर र रन्जना सिंहलाई शिल्ड तथा प्रशंसापत्रबाट सम्मानित गरिएको थियो । 


 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });