नूर वलीको नाममा ५० लाख डलर इनाम घोषणा - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

नूर वलीको नाममा ५० लाख डलर इनाम घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ भदौ २०७६
Sunrise bank
नूर वलीको नाममा ५० लाख डलर इनाम घोषणा
LBEF

काठमाडौँ । अमेरिकाले चरम पन्थी नूर वलीलाई अन्तर्राष्ट्रिय आतङ्कवादी घोषणा गर्दै उनलाई पकड्न सहयोग गर्ने लाई ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । 

सन् २००७ सालमा गठित तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले पछिल्लो १२ वर्षमा कयौँ हमला गरेको छ । सन् २०१८ को जुन महिनामा उक्त संगठनका प्रमुख ‘म. मुल्ला फजलुल्लाह’को मृत्यु भए पश्चात् नूरु वली उक्त संगठनको प्रमुख रहेका छन् ।  

बेल्जियमका एक डाक्टर फरहान जाहिदले आफ्नो रिसर्चमा ४० वर्षीय नूरले नोबेल पुरस्कार विजेता मलाला युसुफको हत्या गर्ने आदेश दिएको उल्लेख गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस