माछापुच्छ्रे बैंकका कार्ड मार्फत सामान खरिद गर्दा शुल्क नलाग्ने - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

माछापुच्छ्रे बैंकका कार्ड मार्फत सामान खरिद गर्दा शुल्क नलाग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ भदौ २०७६
Sunrise bank
माछापुच्छ्रे बैंकका कार्ड मार्फत सामान खरिद गर्दा शुल्क नलाग्ने
LBEF
NCH-IPS

काठमाडौं । माछापुच्छ्रे  बैंकले विभिन्न अनलाईनमार्फत सामानहरु खरिद गरि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिपेड कार्ड प्रयोग गरेर सामान वा सेवा खरिद गर्दा अव कुनैपनि शुल्क नलाग्ने सुविधा ल्याएको छ । अनलाईन शपिङ्गमा ग्राहकहरुको बढ्दो आकर्षण लाई मध्यनजर गर्दै बैंकले उक्त सुविधा ल्याएको हो । 

ग्राहक माहानुभावहरुले बैंकको भिसा कार्ड प्रयोग गरी दराज, किराना पसल, इ–सेवा पसल लगायतका अन्य थुपै अनलाईनहरु मार्फत सपिङ्ग गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । यसैगरी बैंकको अन्तराष्ट्रिय भिसा कार्ड प्रयोग गरी होटल बुकिङ्ग गर्दा समेत शुल्क लाग्ने छैन । 

बैंकका कार्ड प्रयोगकर्ताहरुलाई आफ्नो कार्डमा यो सुविधा थप्न नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न बैंकले आव्हान समेत गरेको छ । यस सम्बन्धी थप जानकारी बैंकको वेबसाइटमा समेत उपलब्ध रहेको छ । 

बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १३६ वटा शाखाहरु, १२१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १५९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।  

प्रतिक्रिया दिनुहोस