हप्ताभरी नै शेयर बजारमा गिरावट - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

हप्ताभरी नै शेयर बजारमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ भदौ २०७६
Sunrise bank
हप्ताभरी नै शेयर बजारमा गिरावट
LBEF
NCH-IPS

काठमाडौं । यस साताको पाँचै कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक ५.३३ अंकले घटेर ११५७.८८ बिन्दूमा झरेको छ । कुल १६८ कम्पनीको १५ लाखभन्दा बढी कित्ता शेयर ३७ करोड ६१ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले जनाएको छ । समग्र परिसूचकमा गिरावट आए पनि कालिका पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५प्रतिशतले बढेको छ । तर, अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यसको शेयर  ६ प्रतिशतभन्दा बढीले घटेको छ । 
यस दिन सबैभन्दा बढी लक्ष्मी बैंकको संस्थापके शेयर किनबेच भएको छ । यस कम्पनीको चार करोड ७० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज कारोबारमा आएका सबै समूहको परिसूचकमा गिरावट आएको छ । 
 

प्रतिक्रिया दिनुहोस