aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

प्रधानमन्त्री निवासतर्फ मिटरब्याज पीडितको मार्चपास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ चैत्र २०७९
प्रधानमन्त्री निवासतर्फ मिटरब्याज पीडितको मार्चपास
NIBL

काठमाडौं । ११ दिनसम्मको पैदल यात्राबाट काठमाडौं  आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई भेट्ने बताएपछि आज उनीहरु मार्चपास गर्दै लाइन लागेर बालुवाटार तर्फ गएका हुन् । 

काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता पनि गरिरहेको छ । पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन् । ती मागबारे आज बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएका हुन् । 

प्रतिक्रिया दिनुहोस