ओलीले उद्घाटन गरेको महिना दिनमै चुहिन थाल्यो अस्पतालको भवन - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

ओलीले उद्घाटन गरेको महिना दिनमै चुहिन थाल्यो अस्पतालको भवन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ भदौ २०७६
Sunrise bank
ओलीले उद्घाटन गरेको महिना दिनमै चुहिन थाल्यो अस्पतालको भवन
LBEF
NCH-IPS

काठमाडौं । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ५० करोड खर्चेर निर्माण गरेको भवन उद्घाटन गरेको एक महिना नपुग्दै चुहिन थालिसकेको छ ।  ठूलो पानी परेको दिन अस्पताल कर्मचारीलाई चहिएको पानी सोर्न भ्याइनभ्याइ हुन्छ । गत साउन १० मा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको भवन अहिले पूर्णरूपमा सञ्चालनमा आएको छैन । भवनको माथिल्लो तलाको भित्ता र भुई भने चुहिएको पानीले टाटेपांग्रे भएको छ। 

विशेषगरी आकस्मिक र ओपीडी सेवा सहज बनाउन निर्माण गरिएको यो भवनमा चुहिने समस्या मात्रै छैन । अत्याधुनिक भनेर निर्माण गरिएको भित्ता कच्चा छन् । आधारभूत मापदण्ड नपुयाई भवन निर्माण गरिएको अस्पताल स्रोत बताउँछ । ‘एसी, जेनेरेटर र अन्य उपकरणको मूल्य हेर्दा बजारभाउभन्दा दोब्बर, तेब्बरमा खरिद गरिएको देखिन्छ ।  जडान गर्ने भनिएका उपकरण आधा मात्रै छन्,’ स्रोतभन्छ । गालालको यो नयाँ भवन अस्पतालका पूर्वनिर्देशक डा. ज्योतिन्द्र शर्माको नतृत्वमा बनेको हो। मापदण्डविपरीत भवन निर्माण विवादमा आएपछि डा. शर्मा र तत्कालीन प्रशासन प्रमुख दीपेन्द्र खड्का, भवन इन्चार्ज राम आचार्य र भवनसँग प्रत्यक्ष जोडिएका कर्मचारीले राजीनामा दिइसकेका छन्।

यो भवनको संरचना १ महिना नबित्दै बिग्रिएकोमा कर्मचारी र चिकित्सक आक्रोशित छन् । यस विषयमा भवन विभाग र इन्जिनियरसँग छलफल गरिरहेको अस्पतलामा निमित्त निर्देशक डा. युवराज लिम्बूले बताए । 

गंगालालको यो नयाँ भवन निर्माणमा संलग्न इन्जिनियर पदीपकमार यादव नक्कली शैक्षिक वधारीको अभियोग लागेका व्यक्ति हुन् । करिब ३ महिनाअधि शैक्षिक प्रमाणपत्र नक्कली ठहर भए आयोगले यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस