aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

कांग्रेस छोडेका स्वर्णिम वाग्ले रवि लामिछानेको पार्टीबाट तनहुँ–१ को उम्मेदवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ चैत्र २०७९
कांग्रेस छोडेका स्वर्णिम वाग्ले रवि लामिछानेको पार्टीबाट तनहुँ–१ को उम्मेदवार
NIBL

काठमाडौं । आज नेपाली कांग्रेस छोडेको घोषणा गरेका डा. स्वर्णिम वाग्ले आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा तनहुँको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बन्ने भएका छन् । उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न लागेका हुन् ।

रास्वपाका नेता अरनिको पाण्डेले सामाजिक सञ्जाल ट्वटीरमा लेख्दै रास्वपाबाट वाग्ले उम्मेदवार बन्न लागेको उल्लेख गरेका छन् । कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने भएपछि वाग्लेले टिकट नपाएका हुन् ।आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।  

प्रतिक्रिया दिनुहोस