aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 

वित्तीय क्षेत्रमा भइरहेको आक्रमणको दुरगामी असर पर्छ : केसी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ चैत्र २०७९
वित्तीय क्षेत्रमा भइरहेको आक्रमणको दुरगामी असर पर्छ : केसी
NIBL

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंक तथा वित्तीय क्षेत्रमा भइरहेको अक्रामणको दुरगामी असर पर्ने बताएका छन् । बिहीबार संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष केसीले बैकिङ क्षेत्रमाथि चौतर्फी आक्रमणले गर्दा नेपालमा विदेशी लगानीमा समस्या पर्न सक्ने बताएका हुन ।

उनले भने, ‘ नेपालको वित्तीय क्षेत्रमा व्यापारी, ऋणी जसले भएपनि अक्रमण गरिरहेका छन् यसको असर अन्तराष्ट्रिय रुपमा नै पर्ने वाला छ । नेपालमा यसै पनि विदेशी लगानी थोरै आउने गरेको यसको असर विदेशी लगानी अब छिमेकी देश तिर जानसक्छ ।’

झट्ट हेर्दा नेपालको बैकिङ क्षेत्रमा आक्रमण भएको जस्तो देखिए पनि यो नेपालको अर्थतन्त्रमाथिको आक्रमण  भएको उनको जिकिर रहेको थियो । उनले अझ थपे, ‘यो आक्रमण बैंक तथा वित्तीय क्षेत्रमा रहेका खातावालमाथि आक्रमण भएको हो ।’ 

त्यस्तै, बैकर्स संघका सदस्य तथा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सरकारले निर्माण व्यवसायीसँग सम्बन्धीत भुक्तानी नगरिदिँदा समग्र अर्थतन्त्रमा समस्या आएको बताए ।

उनले भने, निर्माणसँग सम्बन्धी क्षेत्रको ठूलो रकम सरकारले तिर्न बाँकी छ यसले गर्दा निर्माणसँग सम्बन्धीत क्षेत्रमा वित्तीय क्षेत्रको ठूलो लगानी रहेकाले उक्त रकम राज्यको ढुकुटीमा रहेकाले वित्तीय क्षेत्रमा खराव कर्जाको अंक वृद्धि भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस