नेपाल एलपी ग्यास उद्योग सङ्घमा पुनःभण्डारी - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

नेपाल एलपी ग्यास उद्योग सङ्घमा पुनःभण्डारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ भदौ २०७६
Sunrise bank
नेपाल एलपी ग्यास उद्योग सङ्घमा पुनःभण्डारी
LBEF
NCH-IPS

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घको अध्यक्षमा गोकुल भण्डारी पुनःनिर्वाचित भएका छन । सङ्घको बुधबार यहाँ सम्पन्न २४औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट उनी अध्यक्षमा पुनःनिर्वाचित भएका हुन । त्यस्तै सङ्घको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शङ्कर श्रेष्ठ र मनोजकुमार दास, महासचिवमा दिवान चन्द र कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भए । 

यसैगरी महासचिवमा धर्मराज वर्तौला, सदस्यमा क्रमशः सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, आशिष अग्रवाल (जाजोदिया), बाबुराम पोखरेल, योगेश घिमिरे र सुदीप घिमिरे निर्वाचित भएका छन । सङ्घको सदस्यमा योगेश पौडेल र अमित अग्रवाल मनोनीत हुनुभएको छ । अधिवेशनको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस